|

काठमाडौँ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ४ जनालाई विशेषज्ञ चिकित्सक बन्नका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ। 

अध्ययन सकिएपछि तीन वर्ष प्रतिष्ठान वा प्रतिष्ठानले खटाएको कर्णाली क्षेत्रमै रहेर सेवा दिनुपर्ने शर्तसहित प्रतिष्ठानले डाक्टर फर नेपालले विशेषज्ञ बन्न चारजना चिकित्सकलाई छात्रवृत्ति दिएको जनाएको छ। 

जसमा छात्रवृत्ति छनोटमा परेका विद्यार्थीहरूमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिसिन अन्तर्गत धुलिखेल अस्पतालमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ पढ्दै गरेकी जुम्लाकी डा. सृजना रावल, चितवन मेडिकल कलेजमा साइक्याट्रिक विषय अध्ययनरत कालिकोटकी डा. ज्वाला बराल, लुम्बिनी मेडिकल कलेजमा स्त्री रोग तथा प्रसूति विशेषज्ञ विषय अध्ययनरत जुम्लाकी डा. नभिता कँडेल र नेशनल मेडिकल कलेज वीरगञ्जमा एमडीजीपी विषय अध्ययनरत मुगुकी डा. मीना काफ्ले चौलागाईं रहेका छन्।

कर्णाली प्रतिष्ठानको उक्त छात्रवृत्ति कार्यक्रमलाई डाक्टर फर नेपालले सहयोग गरेको प्रतिष्ठानले जनाएको छ। जसअनुसार आइतबार काठमाडौँस्थित  प्रतिष्ठानको सम्पर्क कार्यालयमा प्रतिष्ठानका प्रशासन अधिकृत अमृतबहादुर भण्डारी, डाक्टर फर नेपालका तर्फबाट डा. केट यारो, निगेल लवेर्स र छात्रवृत्तिमा छनौट भएका चारजना विद्यार्थीहरूबीच सम्झौता भएको छ। चिकित्सा शिक्षा आयोगका अनुसार विशेषज्ञ चिकित्सक अध्ययनका लागि प्रत्येक विद्यार्थीले २३ लाख बराबरको शुल्क तिर्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.