|

काठमाडौँ : आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विद्यमान अवस्थामा सरकारले वैद्यखाना चलाउन सक्ने अवस्था नरहेको जनाएको छ।

धन्वन्तरि जयन्ती तथा आरोग्यता दिवसको अवसरमा मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गरी विभागले कानूनी अवस्थामा परिवर्तन नगर्ने हो भने नेपालमा वैद्यखाना चलाउने अवस्था नरहेको निष्कर्ष दिएको हो।

विभागका महानिर्देशक डा. प्रदीप केसीले अमला टिपेर आयआर्जन गर्छु भन्नेहरूलाई समेत १० ठाउँमा कर लगाएर गरी खाने अवस्था नरहेको उल्लेख गर्दै त्यसैकारण नेपालमा कुनै पनि वैद्यखाना सरकारले सञ्चालन गर्न सक्ने अवस्थामा नभएको बताए।

उनले सिंहदरबार वैद्यखानालाई सञ्चालन गराउन पनि सरकारले विद्यमान कानून अवस्थामा परिवर्तन गर्नुपर्ने माग गरे। उनले स्वस्थ नागरिक बन्न योग र ध्यानमा जोड दिन पनि आग्रह गरे।

महानिर्देशक केसीले भने, ‘पाखापखेरामा अहिले अमला पाक्न थाले। त्यो ल्याउन अहिले १० ठाउँमा कर तिर्नुपर्छ। यस्ता नियम परिवर्तन भएनन् भने वैद्यखाना होइन अब जुन वैद्यखाना बने पनि सरकारले चलाउन सक्दैन। जडिबुटी त्यस्तै भइसक्यो। आफैँ खेती गर्न त्यो सम्भावना नहोला।’ 

विभागले आयुर्वेद मानव स्वास्थ्यका लागि अति उपयोगी भएकाले यसको प्रचारप्रसारमा जोड दिनुपर्ने पनि जनाएको छ। महानिर्देशक डा. केसीले स्वस्थ मानव बन्न आयुर्वेदको आवश्यकता र महत्त्व झनै बढेर गएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.