भरतपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका- २ मा मंगलबार राति बसले ठक्कर दिँदा मोटरसाइकलयात्रीको मृत्यु भएको छ। मोटरसाइकलमै सवार दुईजनाको अवस्था गम्भीर छ ।
दुर्घटनामा घाइते रत्ननगर-१३ अमिलियाका २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। पश्चिम राजमार्ग सडक खण्डमा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको म.प्र. ०१–००१ ख ०४५७ नम्बरको बसलेविपरीत दिशातर्फ जाँदै गरेको ना २४ प १९१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
मोटरसाइकलमै सवार २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरूको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ। बसचालक ४६ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।