|

पर्वत : जिल्लाको कुश्मा नगरपालिका-७ खरेहामा स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्।

मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा-कुश्मा सडक खण्डको पर्वत सदरमुकाम कुश्मा बजारनजिकै खरेहामा बुधबार मध्यान्ह दुर्घटना भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सिताराम ओझाका अनुसार दुर्घटनामा परी पैदलयात्री एक जना र ठक्कर दिने स्कुटरमा सवार दुई जना गरी तीनजना घाइते भएका हुन्।

घाइते भएकाहरुमा खरेहका ३२ वर्षीय राजु नेपाली, कुश्मा नगरपालिका-६ धनेश्वर चोकका ५५ वर्षिय तुल्सी गिरी र मकवापुर घर भई हाल धनेश्वर चोकमा बस्दै आएका ५८ बर्षिय सूर्ज बहादुर थिङ रहेका छन्।

थिङले चलाएको ध२प ३२९१ नम्बरको स्कुटरलाई पैदलयात्री राजु नेपालीलाई ठक्कर दिएको हो। तुल्सी गिरी भने सोही स्कटुरको पछाडि बसेका थिए।

दुर्घटनालगत्तै प्रहरीले घाइतेहरुको उद्धार गरी उपचारका लागि पर्वत अस्पतालमा कुश्मामा लगेको छ। उनीहरुको अवस्था मध्यम रहेको र आन्तरिक चोट समेत भएको हुन सक्ने भएकाले थप उपचारको लागि पोखरा पठाउने तयारी भइरहेको प्रहरी नायव निरीक्षक ओझाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.