|

वासिङटन : अमेरिकी राष्ट्रपति चुनावमा डोनल्ड ट्रम्पको शानदार जित भएको छ। योसँगै यूरोप र नेटोमा तनाव देखिएको छ। 

ट्रम्पले जनवरी २० मा अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा आफ्नो दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्नेछन्। ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकी विदेश नीति कस्तो रहनेछ र बाइडेनको कार्यकालको भन्दा कति परिवर्तन हुन्छ भन्ने कुराले यूरोप र नेटो तनामा परेका हुन्।

अमेरिकी राष्ट्रपतिमा विजयी भएसँगै ट्रम्पले उक्रेनमा रूसको युद्ध २४ घण्टाभित्र अन्त्य गर्ने बताएका थिए। उनले चुनाव हारे भने इजरायललाई 'खत्म' हुने चेतावनी दिएका थिए र चिनियाँ वस्तु आयातमा नयाँ कर लगाउने वाचा गरेका थिए।

ट्रम्पका समर्थकहरू भन्छन्‚ ‘उनको व्यक्तित्वको बल र उनको शक्तिद्वारा शान्ति दृष्टिकोणले विदेशी नेताहरूलाई झुकाउन र रिपब्लिकनहरूले दावी गरेको ‘जलिरहेको संसार’लाई शान्त पार्न मद्दत गर्नेछ। ट्रम्पले विश्वव्यापी संकटका लागि राष्ट्रपति जो बाइडेनको कमजोरीलाई दोष दिएका छन्। यद्यपि बाइडेनको डेमोक्र्याटिक पार्टीले यी आरोप अस्वीकार गर्छ।

तनावमा अमेरिकाका मित्र र शत्रु

ट्रम्पको जितबाट अमेरिकाका मित्र र शत्रु दुवै तनावमा छन्। उनको दोस्रो कार्यकाल पनि उथलपुथल र अप्रत्याशित हुने हो कि भन्ने डर छ। यद्यपि ट्रम्पको पहिलो कार्यकाल उनको ‘अमेरिका पहिलो’ संरक्षणवादी व्यापार नीति र नेटोबाट बाहिरिने धम्की सहित विश्वमञ्चमा चिनिएको थियो।

पुरानै विदेश नीतिमा जोड

उनले उत्तर कोरियासँग शिखर वार्ता गरेर आफ्नो स्वघोषित छवि फरक रूपमा अघि बढाउने प्रयास गरे। अन्त्यमा उनले उत्तर कोरियालाई आफ्नो आणविक हतियार कार्यक्रम विकास गर्नबाट रोक्न भने सफल देखिएनन्।

आफ्नो पहिलो कार्यकालमा उनले इजरायल र उसका अरब छिमेकीबीच सामान्यीकरण वार्ताको मध्यस्थता गरे, आंशिक सफलता पनि पाए। त्यस समयमा इजरायलले संयुक्त अरब अमीरात, बहराइन र सुडान जस्ता मुस्लिम देशसँग मित्रता कायम गर्‍यो।

यूरोपमा तनाव

‘विदेश नीतिको कुरा गर्दा डोनल्ड ट्रम्प अनियमित र असंगत रहन्छन्’, युरोपियन काउन्सिलका विश्लेषकहरूले पोस्टमा लेखे‚ ‘युरोपियनहरूले अझै पनि ट्रम्पको पहिलो कार्यकालको घाउ निको पार्ने प्रयास गरिरहेका छन् : उनीहरूले यूरोपबाट शुल्क लिने, ईयू र जर्मनीको गम्भीर विरोध बिर्सेका छैनन्।’

ट्रम्प र उनका समर्थकले त्यस्ता आलोचनालाई अस्वीकार गर्दै अन्य देशहरूले लामो समयदेखि अमेरिकाबाट फाइदा उठाएको र यसलाई रोक्ने कुरामा जोड दिन्छन्।

अप्ठेरोमा नेटो

युक्रेनलाई सहयोग गर्ने नेटो पनि खतरामा छ। ट्रम्पले वर्षौंदेखि नेटो सदस्यहरूविरुद्ध आवाज उठाउँदै आएका छन्। ट्रम्पले चुनावी अभियानका क्रममा सैन्य खर्च घटाउने ‘अपराधी’ देशहरूको रक्षा गर्न अस्वीकार गर्नेछैनन्‚ रूससँग असल सम्बन्ध बनाउन प्रोत्साहन गर्नेछन्।

ओबामा प्रशासनमा पूर्व विदेशनीति सल्लाहकार ब्रेट ब्रुएनले भने‚ ‘आफ्नो स्थापना कालपछि नेटो सबैभन्दा गम्भीर रूपमा अस्तित्वको खतरा सामना गर्नुपर्नेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.