सुनसरी : सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भ निरीक्षण गरेको छ।
सशस्त्र प्रहरी बल–४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भएनभएको यकिन गर्न संयुक्त टोलीले बिहीबार निरीक्षण गरेको हो।
टोलीले सीमास्तम्भ १८२ देखि २११ नम्बरसम्म निरीक्षण गरेको उनले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।