|

काठमाडौँ : विश्व कल्याण र शान्तिको कामना गर्दै स्थानीय भृकुटीमण्डपमा जारी  ‘अतिरुद्र विश्व कल्याण विराट् महायज्ञ’मा १ हजार १११ आचार्य तथा बटुक ४० भन्दा बढी मुलुकका यज्ञसाधक तथा वैज्ञानिक सहभागी भएका छन्।

सम्मेलनमा सहभागी अमेरिकास्थित महर्षि विश्वविद्यालयका कुलपति  जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व गर्नसक्ने बताए। योग र यज्ञका प्रभावले मानिसलाई सत्मार्गमा अग्रसर गराउन सकिने उनले बताए। 

महायज्ञसँगै ‘वैदिक विज्ञान र आधुनिक विज्ञान’ अन्तरराष्ट्रिय दोस्रो सम्मेलन पनि सञ्चालन जारी छ।

वैदिक विज्ञान र आधुनिक विज्ञान दोस्रो महासम्मेलनका वक्ताले यसमा जोड दिएका हुन्। कार्यक्रममा स्वामी ज्ञानानन्द सरस्वतीले नेपाल योग, ध्यान र शान्तिको गुरु देश बन्नसक्ने भएकाले त्यसअनुरुप काम गर्नुपर्नेमा जोड दिए। यसका लागि नेपाललाई वैदिक राष्ट्र बनाउनुपर्नेमा उनको जोड थियो।

महर्षि महेश योगी नेपाल आगमनको स्वर्ण महोत्सवको अवसर पारेर आयोजना गरिएको महायज्ञ तथा सम्मेलनमा आठौँ प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनी पनि आयोजना भएको छ। 

विश्वभर वैदिक परम्पराको  प्रवर्द्धन तथा प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाको चिरशान्तिको कामनासहित आयोजित महायज्ञपछि देशमा सुशासन कायम गर्न योगदान पुग्ने आयोजकको विश्वास छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.