|

बझाङ : ०८१ मंसिर १६ गते हुने उपनिर्वाचनमा बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ मा वडाध्यक्षका लागि चुनाव हुने भएको छ। सुर्मा गाउँपालिका–४ का वडाध्यक्ष सर्जनबहादुर बोहराको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो।

निर्वाचन कार्यालय बझाङका अनुसार ०७९ सालको निर्वाचनको आधारमा उपनिर्वाचन हुने सुर्मा गाउँपालिका–४ मा एक मतदान केन्द्र र २ मतदान स्थल रहेका छन्। सुर्मा माध्यमिक विद्यालय मतदान केन्द्रमा एउटा मात्र मतदान केन्द्र रहेको छ। 

२०७९सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका सर्जनबहादुर बोहराले ६२९ मत प्राप्त गरेर जितेका थिए। बोहराका प्रतिस्पर्धी नेपाली कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत प्राप्त गरेका थिए। 

मतदाताको कात्तिक २६ गते अन्तिम नामावली प्रकाशनको तयारी भइरहेको निर्वाचन कार्यालय बझाङका कम्प्युटर अप्रेटर गोरखराज जोशीले बताए। 

उपनिर्वाचनका लागि सुर्मा गाउँपालिका–४ को वडा कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय तोकिएको छ। निर्वाचन आयोगले उपनिर्वाचनको उम्मेदवारका लागि खर्चको हदसमेत निर्धारण गरेको छ। 

वडाध्यक्षको उम्मेदवारले १ लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने छन्। उपनिर्वाचनका लागि २५ ओटा दल निर्वाचन आयोगमा दर्ता भइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.