|

काठमाडौं : कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई ‘पहाडकी रानी’ नामले परिचित बन्दिपुर उत्कृष्ट गन्तव्य हुनसक्छ। तनहुँको सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि पुगिन्छ, बन्दिपुर। 

भक्तपुरे शैलीमा बनेका इँट्टाका घर। बुट्टा भरेका आँखीझ्याल। कलाले सिँगारेका टुँडाल। शान्त बजार, त्यहीँ बजारको बीचमा ढुंगाको छपनी। भीमसेनको मन्दिर। थानीमाई, खड्गदेवी। तीनधारेको चिसो पानी। एक हजार ३० मिटरको उचाइमा फराकिलो टुँडिखेल, जहाँबाट उत्तरतर्फ फर्किँदा आँखै अगाडि देखिन्छन् अन्नपूर्ण, धौलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ वटा हिमचुचुरा।

मर्स्याङ्दी नदीले बनाएको सुन्दर उपत्यका पनि। हिम चुचुराबाट आएको हावाको झोक्काले मुटुमा स्पर्श गर्छ र फेरि आउन निम्तो दिन्छ। यिनै विशेषताले २५० वर्षको लामो इतिहास बोकेको व्यापारिक गढी बन्दिपुर अहिले पर्यटकीय शहर बनेको छ।

हेर्नुहोस् तस्विर-


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.