|

अमेरिकी राष्ट्रपतीय निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। 

राष्ट्रपति पदमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प यसअघि नै विजयी भइसके पनि एरिजोना राज्यको मतगणना जारी थियो, जसमा ट्रम्पले नै जित हासिल गरेका छन्। यससँगै अमेरिकी निर्वाचनमा निर्णायक मानिएका सबै ७ वटै स्वीङ स्टेटमा ट्रम्पले क्लिन स्वीप गरेका छन्।

एरिजोनाको मतपरिणाम सार्वजनिक भएसँगै ट्रम्पको इलेक्टोरल कलेज भोटको संख्या ३१२ पुगेको छ । उनकी प्रतिस्पर्धी कमला ह्यारिसको इलेक्टोरल कलेज संख्या २२६ छ । ट्रम्पले निर्वाचन परिणाम आउन जारी रहँदै ह्वाइट हाउसमा आफ्ना कर्मचारी भर्ती गर्न शुरु गरिसकेका छन्। उनले मन्त्री चयनको तयारी थालेका छन्। 

उता राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई ह्वाइट हाउसमा स्वागत गर्ने तयारी गरेका छन्। बाइडेनले आगामी बुधबार ओभल अफिसमा ट्रम्पलाई स्वागत गर्ने गरी निमन्त्रणा पठाएको समाचारमा जनाइएको छ। नवनिर्वाचित राष्ट्रपति ट्रम्पको चार वर्षे कायकाल भने २० जनवरीमा मात्रै शुरु हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.