काठमाडौं : पूर्वेली लोक जुहारी ‘बेशी गाईको गोठ’ १० दिनदेखि यूट्यूबकाे ट्रेन्डिङमा परेको छ। छोटो समयमै पूर्वेली लोक जुहारी गीतले चर्चा पाएको हो।
कात्तिक १५ गते अर्थात् लक्ष्मी पूजाको दिन सार्वजनिक भएको उक्त गीत यस वर्षको तिहारमा देउसीभैलोमा धेरै गुञ्जियो। विशेषगरी पूर्वेलीहरू र किरात राई समुदायले मन पराएर देउसीभैलोमा यो गीत बजाएका थिए।
अहिले पनि उक्त गीतको प्रशंशा गर्दै सामाजिक सञ्जालमा सेयर भइरहेको छ। उक्त गीतको शब्द र लयका कारण अधिकांशले रुचाएका हुन्। गायक राज राईको अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको गीतले हालसम्म १ लाखभन्दा बढीले हेरिसकेका छन्।
गीतमा गायक/गायिका अभय ढुंगेल, राज राई, एलिना राई र सुस्मिता कटवालको स्वर छ। शब्द अभय ढुङ्गेलको छ भने लय संकलन राज राईको छ। संगीत संयोजन शिलाबहादुर मोक्तानको रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।