|

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग इजरायलको सुरक्षामा ‘इरानी खतरा’ बारे कुराकानी गरेका छन्। नेतन्याहुले तीनपटक कुराकानी गरेको उनको कार्यालयले जानकारी दिएको छ।

‘पछिल्ला केही दिनमा मैले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तीनपटक कुरा गरेको छु। इजरायल र अमेरिकाबीचको बलियो गठबन्धनलाई अझ बलियो बनाउनका लागि वार्ता गरिएको हो’, उनले भनेका छन्, ‘हामी इरानी खतराको हरेक पक्षमा एउटै दृष्टिकोण राख्छौँ।’ उनले ट्रम्पसँग ‘शान्ति र यसको विस्तारको क्षेत्रमा इजरायल समक्ष रहेका ठूला अवसर’ बारे पनि कुरा गरेको बताए।

संयुक्त राज्य अमेरिका इजरायलको शीर्ष सहयोगी र सैन्य समर्थक हो। साथै गाजा र लेबनानमा युद्ध चलिरहेको वेला यो निर्वाचन मध्यपूर्वका लागि महत्त्वपूर्ण समयमा आएको छ।

दुई नेताबीच लामो समयदेखिको व्यक्तिगत मित्रता भएकाले र पूर्वराष्ट्रपति ट्रम्प इजरायलको कट्टर शत्रु इरानप्रति कडा धारणा राख्ने भएकाले नेतान्याहुले ट्रम्पको पुनरागमनमा स्वागत गरेको विश्लेषकको भनाइ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.