|

धरान : प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान सुनसरीको धरान आउँदैछन्।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री ओली धरान आउन लागेका हुन्।  ​

प्रतिष्ठानले ८ वर्षपछि आज दिक्षान्त समारोह गर्दैछ।  सन् २०१६ मा १२औं दीक्षान्त समारोह गरेको प्रतिष्ठानले आज १३औं दीक्षान्त गर्न लागेको हो। सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली बिहान १० बजे बुद्ध एयरको जहाजमार्फत विराटनगर आउन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

कार्यक्रममा प्रतिष्ठानका कुलपति एंवम प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न संकायका ६५७ जना विद्यार्थीहरु दीक्षित गर्ने प्रतिष्ठानले जनाएको छ।

दिक्षान्तमा सन् २०१० देखि २०१७ ब्याचका एमबीबीएस, बीडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्म एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएचडी उपाधी विद्यार्थीहरुलाई दीक्षित गरिने भएको हो।​

प्रतिष्ठानले प्रदान गदैँ आएको मेडलहरु पनि वितरण गरिने भएको छ। प्रतिष्ठानले हालसम्म एमबीबीएसमा २४ ब्याच र बीडिएसमा १८ व्याचका विद्यार्थीले शिक्षा हासिल गरेर निस्किएका छन्।

प्रतिष्ठानमा अध्ययन गर्ने विद्यार्थी देश विदेशका विभिन्न अस्पतालमा कार्यरत रहेको प्रतिष्ठानले जनाएको छ।  कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.