काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नयाँ वेबसाइटको डिजाइनको यतिखेर चौतर्फी आलोचना भएको छ।
त्रिविको इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीको वेबसाइट खोलेर हेर्दा रंगीचंगी बनाइएको देखिन्छ।
धेरै रंग प्रयोग गरी कलरको डिजाइन बनाइएपछि अधिकांशले उक्त डिजाइनको खिल्ली उडाएका छन्।
केहीले अझै ३/४ वटा रंग थप्ने हो भने तिहारको झिलिमिली जस्तै देखिन्थ्यो भन्दै आलोचना गरेका छन्। कोहीले होली डिजाइन बताउने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।