|
फाइल तस्वीर

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)मा म्याच फिक्सिङलगायत घटना रोक्न क्यानले विशेष तयारी गरेको बताएका छन्। 

नक्सालमा सोमवार एनपिएलको बारेमा भएको पत्रकार सम्मेलनमा क्यान सचिव खड्काले एनपिएलमा सहभागी आठ वटा फ्रेन्चाइज टोलीमा नेपाल प्रहरीबाट खटाइएका एक जना सेक्युरिटी लियाजन अफिसरले २४ सै घन्टा निगरानी राख्ने बताएका छन्।

साथै सचिव खड्काले क्यानसँग आफ्नै एन्टी करप्सन युनिट रहेको र उक्त युनिटले मैदानसँगै मैदानबाहिर पनि निगरानी राख्ने बताए। उनले एन्टी करप्सन युनिटलाई सशक्त बनाउने विषयलाई आफूहरूले प्राथमिकतामा राखेको स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.