|

काठमाडौँ : कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान  गर्न प्रहरीले ७ दिन समय पाएको छ। 

मानव तस्करी तथा सरकारी लिखत कीर्ते गरेको आरोपमा पक्राउ परेका उनलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ७ दिन समय दिएको हो। उनी आइतवार पक्राउ परेका थिए। यसअघि उनीमाथि २ दिनको म्याद थप भएको थियो। 

यसैबीच उक्त प्रकरणमा सोमवार प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नविन राई छन्। उनीहरूले जापान जाने तीन युवाका लागि नक्कली सरकारी कागजात बनाइदिएका पाइएको प्रहरीले जनाएको छ।

मन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भन्दै कात्तिक ११ गते जापान गएका थिए। उनलाई विमानस्थलबाटै फर्काइएको थियो।

यसअघि उक्त प्रकरणमा नुवाकोटका जुगल रिजाल, दोलखाका वीरबहादुर सुनुवार र धादिङका महेश पाण्डे पक्राउ परिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.