|

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले जुवा तास खेलिरहेको अवस्थामा कास्कीको पोखरा महानगरपालिका–१६ अमरदीपबाट सात जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माका अनुसार गौमाया गुरुङले आफ्नै घर कोठाभित्र जुवा तास खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई एक लाख बाह्र हजार नब्बे रुपैयाँसहित पक्राउ गरेको हो।

पक्राउ परेकाहरूमा पोखरा महानगरपालिका–१६ दिपका ४० वर्षीय कृष्ण गुरुङ, ४५ वर्षिया गौमाया गुरुङ, ३८ वर्षिया जुनिता भट्टचन, वडा नं ८ सिमलचौरका ६४ वर्षीय गौमान गुरुङ, ४८ बर्षिया रुपा गुरुङ, वडा नं १३  पाटनबेशीका ४० वर्षीय हेमराज गुरुङ र वडा नं २७ अर्घौचोकका ४६ वर्षीय बुद्धि बहादुर गुरुङ रहेका छन्।

हारजित हुनेगरी जुवा तास खेलिरहेका उनीहरूलाई सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता बिरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुनेसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.