|

बैतडी : बैतडीको पाटन नगरपालिका ३ मा रहेको बनारसी धामको विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिरमा तोडफोड र चोरी भएको छ। 
मन्दिरमा तोडफोड र चोरी हुँदा करिब छ लाख बराबरको क्षति भएको जनाएको छ।

मन्दिरमा चढाइएको सुन, दानपेटिका, शंख, घन्टसहित आरती, घन्ट, कलस, श्रृङ्गार पोशाक, पुस्तक, पूजा सामग्रीलगायतका सामान चोरी भएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष गणेश दत्त पन्तले जानकारी दिए।

बुधवार राति मन्दिरमा चोरी भएको भन्दै व्यवस्थापन समितिले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा निवेदन दिएको छ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेन्द्र साउँदले मन्दिरमा भएको चोरीको विषयमा निवेदन आएको र अनुसन्धान अघि बढाइएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.