अल्पविकसित देशहरूको समूह (४५ देशहरूको समूह) ले नेपाली प्रतिनिधि नरेश शर्मालाई सन् २०२५–२०२६ अवधिका लागि पुनः अनुकूलन कोष बोर्डको सदस्यमा निर्वाचित गरेको छ।
संयुक्त राष्ट्र जलवायु परिवर्तन संरचनाको प्रारुप महासन्धि (यूएनएफसिसिसी) अन्तर्गतका पक्ष मुलुकबीच हाल बाकु, अजरबैजानमा जारी रहेको २९औँ सम्मेलन (कोप–२९) मा शर्मालाई पुनःसदस्यको रुपमा निर्वाचित गरको हो।
यो कोषले बहुपक्षीय कार्यान्वयन संस्था क्षेत्रीय कार्यान्वयन संस्था र राष्ट्रिय कार्यान्वयन संस्थामार्फत विभिन्न देशमा अनुकूलन कार्य लागू गर्न आर्थिक सहयोग प्रदान गर्दै आएको छ।
हाल शर्मा अनुकूलन कोष बोर्डअन्तर्गत मान्यता प्यानलका अध्यक्षको भूमिकामा रहेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।