|

संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एकजना बेपत्ता भएका छन्।

अरुण नदीमा पूजा गर्न क्रममा चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।

शनिबार दिउँसो साढे ११ बजे चैनपुर–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा चिप्लिएर ४८ वर्षीय जिमी बेपत्ता हुनु भएको प्रहरी निरीक्षक लामिछानेले बताए। 

बेपत्ता भएका जिमीको सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीयले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार गजेन्द्र अरुण नदीमा पूजा सुरु गरेलगत्तै नदीमा चिप्लिएर बेपत्ता भएको थिए।

चैनपुर–११ कुइबिरका गजेन्द्र परिवारका ६ जना सहित शनिबार अरुण नदीमा गएका थिए। शनिबार साँझसम्म पनि जिमीको शव फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.