चितवन : चितवनको उपरदाङगढीबाट पिकनिक खाएर फर्किएको स्कुल बस दुर्घटना भएको छ। आज साँझ भएको दुर्घटनामा १८ जना घाइते भएका छन्।
केही विद्यार्थीको अवस्था गम्भीर रहेको चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले थाहाखबरलाई जानकारी दिए।
बसमा ३० जना विद्यार्थी र ६ जना स्टाफ गरी ३६ जना सवार रहेको जनाइएको। दुर्घटनाका घाइतेहरूको अहिले चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
उपरदाङगढीमा स्काउटको कार्यक्रम तथा वनभोज खाएर फर्किएको चित्रवन स्कुलको मप्र ०३-००१ क २६७७ नम्बरको बस कालिका नगरपालिका ९ मा पर्ने द्रव्यटारमा ब्रेक फेल भएर दुर्घटना भएको जनाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।