|

कपिलवस्तु : जिल्लाको वडा प्रहरी कार्यालय चन्द्रौटाले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ।

शिवराज नगरपालिका वडा नं—२, हल्लानगरस्थित करुणा रेष्टुरेन्ट एण्ड लजमा कारोबार हुँदै गरेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका वडा नं ५ का ४१ वर्षिय विष्णु प्रसाद भट्टराईलाई पक्राउ गरेको हो।

लजको काउन्टरमा शंकास्पद अवस्थामा रहेका भट्टराईलाई खान तलासी गर्दा सेतो प्लाष्टिकको बोरामा लुकाई राखेको पाटे बाघको छाला भेटिएको प्रहरीले बताएको छ।

 उक्त छालालाई टाउको देखि पुच्छरको फेदसम्म ६ फिट लम्बाई भएको, पुच्छरको भाग २ फिट २ ईन्च लम्बाई भएको चारवटा दाह्रा, चारै खुट्टाको पंजाको भागमा नङ्ग्रा भएको र छालामा गोली लागेजस्तो देखीने ३ वटा सानो प्वाल रहेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिए।

उक्त छालालाई बरामद गरी आवश्यक कारबाहीको लागि उक्त वन्यजन्तुको छाला, लु५८प ९७५५ नम्वरको मोटरसाईकल सहित पक्राउ परेका विष्णु प्रसाद भट्टराईलाई डिभिजन बन कार्यालय गौतमबुद्ध चन्द्रौटा कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.