|

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले कर बढाउने घोषणा गरेपछि मेक्सिकोले त्यसको प्रतिकार गर्ने चेतावनी दिएको छ। 

केही दिनअघि ट्रम्पले आप्रवासी समस्या र लागू औषध नियन्त्रणका लागि भन्दै क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत कर बढाउने घोषणा गरेका थिए। यी दुवै छिमेकी देशको बाटो हुँदै अमेरिकामा मानवसहित लागू औषध तस्करी हुने गरेकोले त्यसको रोकथामका लागि भन्दै ट्रम्पले यस्तो घोषणा गरेका हुन्। 

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाउम र अर्थमन्त्री मार्केलो एब्राडले ट्रम्पको यो तयारीको प्रतिकार गर्ने चेतावनी दिएका हुन् । उनीहरुले ट्रम्पको घोषणा कार्यान्वयन भए आफूहरुले पनि त्यही अनुपातमा कर बढाउने बताएका छन् । अर्थमन्त्री एब्राडले ट्रम्पको प्रस्तावित करका कारण अमेरिकी श्रमिकको करिब ४ लाख रोजगारी गुम्न सक्ने र यसको असर अमेरिकी उपभोक्तासमेत पर्ने बताए। 

उनले मेक्सिकोमा निर्मित पिक–अप ट्रकहरूको मूल्य ३ हजार डलरले बढ्ने चेतावनीसमेत दिए। राष्ट्रपति शिनबाउमले ट्रम्पसँग अमेरिकी–मेक्सिको सीमा र आप्रवासनको विषयमा फोन वार्ता गरेको र ट्रम्पको डर कम गर्ने प्रयास गरेको जानकारी बताए। 

जानकारहरुले ट्रम्पको प्रस्तावित करको दर अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौतासँग बाझिने बताएका छन् । यसअघि क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि ट्रम्पले कर बढाउने घोषणा गरेपछि निकटस्थहरुसँग छलफल गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.