|

धरान : बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला  थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै आएका छन्। विगत २० वर्षदेखि थाङ्का बनाउँदै आएका उनले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाएका छन्। 

‘बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ’, उनी भन्छन्, ‘घर खर्च यसैबाट जुटाउने गरेको छु । धेरै चित्र गुम्बामा बिक्री हुने गरेको छ। तर यहाँ प्रशस्त गुम्बा नहुँदा काठमाडौंका साथै चीनको तिब्बत, हङकङ,  सिङ्गापुर,अमेरिकालगायत देशमा बिक्री हुने गरेको छ।’ 

थाङ्का चित्र अहिले धेरैजसो नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले किन्ने गरेका छन्। विदेशीले थाङ्का चित्रमार्फत नेपालको ऐतिहासिक तथा धार्मिक परम्परालाई झल्काउने उनले बताए। उनले १० जनालाई रोजगारी पनि दिएका छन्। उनीसँग  थाङ्का बनाउन सिकेकाहरू चित्र कोर्न सिक्नेका लागि पनि एउटा राम्रो ठाउँ बनेको वैदेशिक रोजगारीमा गएका छन् जहाँ उनीहरूले यो कला पनि प्रस्तुत गर्ने उनले बताए। 
 
एउटा थाङ्का चित्र बनाएर पहिलोपटक ५० हजारमा बिक्री गरे पछि व्यावसायिकरूपमा काम थालेका उनले चार हजारदेखि पाँच लाखसम्मका थाङ्का  बिक्री गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.