|

काठमाडौं : मकवानपुरको हेटौंडामा रहेको नेपाल विद्युत प्राधिकरणको केन्द्रीय वर्कशपमा आगलागी भएको छ। हेटौंडा उपमहानगरपालिका- ५ भैरवरोडमा पुरानो सामान राखेको वर्कशपमा गएराति अचानक आगलागी भएको हो। 

नेपाल प्रहरी, हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरी, विद्युत प्राधिकरणका कर्मचारी र दुई दमकलको सहयोगमा आगलागि एक घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए। 

आगलागीबाट कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.