|

सुर्खेत : जाजरकोटको नलगाड नगरपालिकामा मंसिर १६ गते हुने उपप्रमुखको उपनिर्वाचनमा बिहीबारदेखि कर्मचारी तथा सुरक्षाकर्मीलाई मतदान केन्द्रमा खटाउन सुरु गरिएको छ।

उक्त चुनावमा नलगाड नगरपालिका उपप्रमुख र कुशे–७ मा वडाध्यक्षको चुनाव हुँदै छ। नलगाडमा १७ वटा र स्थल २४ रहेका छन् । त्यहाँ १२० जना कर्मचारी परिचालन गरिएको छ। कुशे र नलगाडमा ४२६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

नलगाडमा मात्र २६६ जना परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले बताए। डोल्पा, रुकुम पश्चिममा नलगाड नगरपालिका जोडिएको छ। गत कात्तिक १७ गते गएको भूकम्पमा परी नलगाडकी उपप्रमुखको मृत्यु भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।

उपप्रमुखका लागि नेपाली कांग्रेसबाट इन्द्र चन्द, नेकपा (माओवादी केन्द्र)बाट देवका लामिछाने र नेकपा (एमाले)बाट सुनिता बोहरा चुनावी प्रतिस्पर्धा गर्दै छन्। आजैदेखि सबै ठाउँमा मतदान सामग्री, कर्मचारी र सुरक्षाकर्मी परिचालनको काम जारी रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.