|

काठमाडौँ : कोशी प्रदेशका पूर्वमन्त्री नेकपा (एमाले)का सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ। 

अधिवक्ता दिनेश त्रिपाठीले अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरूद्ध शुक्रवार सर्वोच्चमा रिट दिएका हुन्।

रिट दर्ता भइनसकेको अध्ययनको  चरणमा रहेको सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलले थाहाखबरलाई जानकारी दिए।

यही मंसिर १० गते सरकारी वकिल कार्यालय काठमाडौँले अधिकारीविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो। सो निर्णयसँगै उनी प्रहरी हिरासतबाट रिहा भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.