|

काठमाडौं : मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशी। पशुपतिनाथ क्षेत्रमा शनिबार बिहानैदेखि शतबीज (सतबिउ) छर्नेको घुइँचो लागेको छ। 

यसअघि शुक्रबार राति श्रद्धालु पितृका दीप तथा महादीप बालेर जाग्राम बसेका थिए। अघिल्लो दिन विधिपूर्वक संकल्प गरी दीप बाली रातभर जाग्राम बस्ने र भोलिपल्ट बाह्ममूहुर्त्तमै बागमतीमा बत्ती बगाएर स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्ने परम्परा छ।

शतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल हुन्छन्। १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छरिन्छ। मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने तथा जन्ममृत्युको चक्रबाट मुक्त भइने विश्वास छ।

हेर्नुहोस्, बिहानीपख पशुपतिनाथ परिसरका तस्विर-

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.