|

काठमाडौं  : ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिभलमार्फत नेपालमा पर्यटन प्रवर्धन’ नाराका साथ आजदेखि जापानमा १४ औँ ‘नेपाल फेस्टिभल’ शुरु भएको छ । 

गैरआवसीय नेपाली संघ (एनआरएनए) जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा आइतबारसम्म टोकियोको नाकानो सिकिनोमोरी पार्कमा सञ्चालन हुने महोत्सवबाट नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीको अपनत्वको अनुभूति गराउन सहयोग पुग्ने बताइएको छ। 

जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहुसाँस्कृतिक केन्द्रको निर्माणका लागि सहयोग जुटाउन यो फेस्टिभलको आयोजना गरिएको एनआरएनए जापानले जनाएको छ। फेस्टिभलमा विभिन्न वेशभूषा, मौलिक कला संस्कृति, र प्रतिभा देखाउने एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिभल मूल आयोजक समितिका संयोजक नवीन निउरेले जानकारी दिए। 

धार्मिक र सामाजिक सद्भावसहितको नेपाल हाउस निर्माण गराउने मुख्य योजनासहित यो वर्षको ‘नेपाल फेस्टिभल’ गरिन लागेको एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेले बताए । महोत्सवमा नेपाली खानाको र अन्य व्यापारिक प्रयोजनका गरी ४० वटा स्टल राखिएका छन्। 

एनआरएन जापानले सन् २०१२ देखि जापानमा महोत्सव गर्दै आएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.