|

भारतको दक्षिण क्षेत्रमा आएको शक्तिशाली चक्रवातका कारण विद्यालय बन्द गरिनुका साथै सयौं मानिसलाई सुरक्षित आश्रयस्थलमा सारिएको छ।

चक्रवात फेङ्गलले ७०–८० किलोमिटर प्रतिघण्टा हावाको साथ तमिलनाडु राज्यमा अवतरण गर्ने पूर्वानुमान गरिएको भारतको मौसम ब्यूरोले जनाएको छ।

पूर्वानुमानले माछा मार्ने मानिसहरूलाई पानीबाट टाढा रहन आग्रह गर्दै बढ्दो छालहरूले तल्लो तटीय क्षेत्रहरूमा बाढीको खतरा निम्त्याउने जनाएको छ ।  

तमिलनाडुका धेरै जिल्लामा विद्यालय र कलेज बन्द गरिनुका  साथै कम्तिमा ४७१  जनालाई राहत शिविरमा सारिएको इकोनोमिक टाइम्स अखबारले जनाएको छ।

 पछिल्लो समयमा चक्रवातहरू– उत्तरी  आन्ध्रमा आँधीबेहरी वा उत्तरपश्चिमी प्रशान्तमा टाइफुन जस्तै –उत्तरी हिन्द महासागरमा नियमित खतराको रूपमा देखा परेका छन् ।

यस हप्ताको सुरुमा श्रीलङ्काको तटमा फेङ्गलले ६ जना बालबालिका सहित कम्तीमा १२  जनाको ज्यान लिएको थियो ।

वैज्ञानिकहरूले जीवाश्म इन्धन जलनबाट सिर्जित जलवायु परिवर्तनका कारण विश्वको तापमान वृद्धि हुँदाँ आँधीबेहरी अझै शक्तिशाली हुँदै गइरहेको चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.