धनुषा : जनकपुर चुरोट कारखानाको भित्ता केही दिनदेखि मिथिला चित्रकलाले रंगिँदै छ। केही दिनदेखि यहाँका भित्तामा कलाकारहरू सीतारामको विवाह समयको प्रतीकात्मक चित्र कोरिरहेको छन्।
उद्योगभित्र हाल मधेश प्रदेश सरकारको मुख्यालय छ। उद्योगको यो भित्तालाई मधेश प्रदेश सरकारले मिथिला पेन्टिङ गरेर सिंगार्न थालेको छ।
जनकपुरधाममा प्रत्येक वर्ष मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको तयारी अन्तिम चरणमा छ। भारतको उत्तर प्रदेशस्थित राम जन्मभूमिबाट जन्ती तामझाम र भव्यताका साथ निस्किसकेको छ। यता विवाहपञ्चमी महोत्सवलाई मध्येनजर गर्दै मधेस सरकारले पनि विभिन्न तयारी थालेको देखिन्छ।
केही दिन अगाडि मात्र दुल्हा (भगवान श्री राम)को तिल्कोत्सव कार्यक्रमका लागि अयोध्या पुगेका मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह विवाह पञ्चमी नजिकिँदै गर्दा अहिले मधेस भवनको पुरानो पर्खालहरूमा धमाधम मिथिला पेन्टिङ्ग गर्न लगाएर सजाउन थालेका छन्।
पेन्टिङमा मिथिलाको संस्कृति, श्री सीतारामको विवाह र विधी, रहनसहन, खानपान, र विविधता झल्किएको छ। ३५ जना स्थानीय चित्रकार खटिएका छन्।
तस्वीरहरू
तपाईंको ईमेल गोप्य राखिनेछ ।