|

काठमाडौं : एसीसी यू–१९ एसिया कपमा नेपालले आज बंगलादेशको सामना गर्दैछ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  यो खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। 

पहिलो खेलमा पराजित भएपछि नेपाललाई जितको दबाब छ। नेपाली टोली श्रीलंकासँग ५५ रनको हार ब्यहोरेको थियो। यो खेलमा नेपालाई पुनरागमनको अवसर रहनेछ। तर साविक विजेता बंगलादेश यो प्रतियोगिताको पनि उपाधि दाबेदारसमेत हो। 

अघिल्लो सिजनको फाइनलमा उसले आयोजक यूएईलाई हराएर उपाधि जितेको थियो। बंगलादेशले यो सिजनको आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले हराएको थियो। 

नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।  एसिया कपमा शनिबार भएको खेलमा पाकिस्तानले भारतलाई ४३ रनले हराएको थियो भने यूएईसँग जापान २७३ रनले पराजित भयो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.