|

धनकुटा : धनकुटाको सहिदभूमी गाउँपालिका–३ मा विद्यालयबाट घर फर्किँदै गर्दा एक बालिकाको भीरबाट लडेर मृत्यु भएको छ।

सहिदभूमी–४ पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयकी ५ वर्षीया छात्रा अनुष्का राईको मृत्यु भएको हो। प्रहरीका अनुसार राई शनिबार अपरान्ह ५ बजे साथीहरुसँग घर फर्किनेक्रममा स्थानीय च्याब्रुङ भीरबाट लडेकी थिइन्। भीरबाट करिब तीन सय मीटर तल खस्दा गम्भीर घाइते भएकी थिइन्। 

उनको धनकुटा अस्पतालमा उपचारका क्रममा राति करिब ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक विष्णु खड्काले जानकारी दिए।

शवको जिल्ला अस्पतालमा आइतबार पोष्टमार्टम गरिएको छ। उक्त स्थानमा शनिबार विद्यालय सञ्चालन हुने गर्दछ भने बुधवार साप्ताहिक बिदा दिने चलन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.