|

काठमाडौं : दशरथ रंगशालाको विकल्पका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को लगानीमा  स्तरोन्नत्ति गरिएको ललितपुरको च्यासल रंगशाला गत असोज ११ र १२ गरेको अविरल वर्षासँगै आएको बाढीले पूर्ण रुपमा क्षति पुर्याएको छ।

अखिल नेपाल फुटबल संघले च्यासलमा टेक्निकल सेन्टरको रुपमा स्थापना गरेको सो टेक्निकल सेन्टरलाई पछि रंगशालाको स्वरुप दिएर वैकल्पिक मैदानका रुपमा स्तरोन्नत्ति गरिएको हो  । राखेपले २०७६ असारमा निर्माण कार्यको सुरुवात गरेको सो रंगशालाको उद्घाटन तत्कालीन  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ फागुन १६ गते मंगलबार गरेका थिए।

डाँफे जेभीले दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरे पनि ६ महिनाका दरले ६ पल्ट म्याद थपेर २०७९ असोज अन्तिममा राखेपलाई हस्तान्तरण गरेको सो रंगशाला मनोहरा खोलाको बाढीको चपेटामा परेको छ।

भ्याट बाहेक २८ करोडमा निर्माण सम्पन्न गरिएको सो रंगलाशला मनोहरा खोला र बागमतीको संगमबाट करिव १०० मिटरको दूरीमा रहेको च्यासल मैदान मनोहरा खोलाकै किनारमा अवस्थित छ।  २०७८ भदौ २२ र २०७९ साउन २५ गतेको बाढी रंगशालामा पसेको थियो भने २०८१ असोजको बाढीले भने रंगशाला खेल खेल्ने नहुने गरी क्षति पुर्याएको छ।

 राष्ट्रिय खेलकुद परिषद (राखेप)को लगानीमा संचालन  भएको च्यासल रंगशाला स्तरोन्नत्तिको काम पाँच वर्ष लगाएर सकिएको थियो भने यो रंगशाला पुनर्निर्माणका लागि २८ करोड रुपैयाँ (भ्याटबाहेक) खर्च भएको  थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.