|

विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनमा ६ हजार ५सय १५  मत खसेको छ। 

अहिले १२ : २५  बजेसम्ममा खसेको मत परिणाम रहेको  निर्वाचन अधिकृतले  जानकारी दिएको  छ।

अध्यक्ष  पदका लागि एक स्वतन्त्रसहित १६ जना उम्मेदवार चुनावी मैदानमा छन्। ७ वडा रहेको ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र छन्।

२०७९ सालको निर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा विजयी नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गत असारमा निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.