काठमाडौं : सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको आज पनि बयान जारी छ। जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालयमा बयान चलिरहेको हो।
शुक्रबार बयान दिएका लामिछानेको आज थप बयान लिइरहिएको हो। उनलाई गत बिहीबार पोखराबाट काठमाडौं ल्याइएको थियो। स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा पनि दोषी देखिएको भन्दै उनलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
स्वर्णलक्ष्मीबाट लामिछानेले व्यक्तिगत र जिबी राईसँग मिलेर ऋण लिएको तथ्यमा टेकेर उनीमाथि थप अनुसन्धान भइरहेको हो।
यसअघि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा पुर्याइएको थियो। पछिल्लोपटक कास्की अदालतले लामिछानेमाथि १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
काठमाडौंमा बयान सकिएलगत्तै लामिछानेलाई चितवन लैजाने तयारी छ। साहारा चितवन सहकारीका २४ बचतकर्ताले पूरक जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भइसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।