|

जनकपुरधाम : देशका ३३ जिल्लाका ४१ स्थानमा शान्तिपूर्ण रूपमा आज उपनिर्वाचन जारी छ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मा पनि वडाध्यक्षको लागि उपनिर्वाचनमा मतदान भइरहेको हो। बिहान ७:०० बजेदेखि सुरु भएको मतदान प्रक्रिया केहीबेर समान्य विवाद हुँदा रोकिए पनि पुनः केही मिनटमै मतदान सुरु भएको जनाइएको छ।

विभिन्न दल समर्थित समर्थनकर्ताहरुले मतदान स्थलमा समान्य विवाद गरिएको जनाइएको छ। यद्यपी, सौहार्द वातावरणमा पुनः मतदान प्रक्रिया सुचारु भएको हो।

वडा नम्बर १ का तत्कालिन वडाध्यक्षको निधन भएपछि निर्वाचन आयोगले त्यहाँ पुनः मतदान गराएको हो। आज अपरान्ह ५ बजेसम्म मतदान प्रक्रिया चल्नेछ भने आजै रातीदेखि मतगणनासमेत हुने मुख्य निर्वाचन अधिकृत कार्यालय धनुषाधामले जनाइएको छ।

वडा नम्बर १ मा कुल ३ हजार २  सय २६ मतदाताको सूची रहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषाधामका निर्वाचन अधिकृत चुडामणी खडकाका अनुसार निर्धारित समय आज बिहान ७ बजेदेखि यहाँका तीनवटा मतदान स्थलका चार वटा केन्द्रबाट मतदान भइरहेको छ। मतदानमा उत्साहपूर्वक सहभागिता देखिएको बताउँदै उनले  मतदान साँझ ५ बजेसम्म हुने जानकारी  दिए।

२०७९ वैशाखमा भएको स्थानीय तहको नर्वाचनबाट वडाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका विश्वनाथ यादवको २०८१ जेठ ३१ मा निधन भएपछि सो वडामा उपनिर्वाचन भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.