|
फाइल तस्वीर

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचन–२०८१ निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन्।

सभापति देउवाले आज प्रेस विज्ञप्तिमार्फत देशका विभिन्न पालिकामा रिक्त पदहरूका लागि आज भएको उपनिर्वाचनमा सबैले अत्यन्त उत्साह र धैर्यसाथ आफ्नो अमूल्य मत दिएकामा धन्यवाद ज्ञापन गरे। 

उनले आजको उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिकको विश्वासलाई थप प्रमाणित गरेको उल्लेख गरे।

यो विश्वास कायम राख्ने ढङ्गले कार्य गर्न सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको सभापति देउवाको भनाइ छ। उनले शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न गराउन सफल भएकामा नेपाल सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिए।

उनले मतदान कार्यमा अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायत उत्साहजनक सहभागिता जनाई मतदान गर्नुहुने सम्पूर्णलाई पार्टीका तर्फबाट सभापति देउवाले धन्यवाद दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.