|

काठमाडौँ : कीर्तिपुरमा पनि मतगणना सुरु भएको छ। कीर्तिपुर बाघभैरव मन्दिर परिसर ३ वटा मतपेटीका खोलेर राती १० बजेबाट मतगणना सुरु गरिएको हो।

यहाँ कुल मतदाता सङ्ख्या ३१ हजार एक सय २२ रहेकामा २० हजार तीन सय ४६ मत खसेको छ।

मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरपालिका प्रमुख तथा वडा नं १ र ४ का वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा प्रमुख पदमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार रहेका छन् भने वडा नं १ मा नौ तथा वडा नं ४ मा १२ उम्मेदवार चुनावी मैदानमा छन्। 

कीर्तिपुरका तत्कालीन नगरप्रमुख राजकुमार नकर्मी, वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जन र वडा नं ४ का वडाध्यक्ष श्यामराज अधिकारीको निधन भएपछि उपचुनाव भएको हो। मतगणना भने अहिले राति १० बजेपछि हुने कार्कीले बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.