|

काठमाडौं : हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएक छन्। आइतबार भएको उपनिर्वाचनमा तिवारी दुई हजार ६३ मत प्राप्त गरी विजयी भएका हुन्।

मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रविकुमार प्रधानले एक हजार ५६० मत प्राप्त गरे।। 

नेकपा एमाले० राजेश नगरकोटीले एक हजार ३९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भोलनले १७८, राष्ट्रिय स्वतन्त्र पार्टीका आशा विर बलले ८३, नेकपा एकीकृत समाजवादीका बलराम बलले ७३ र मङ्गोल नेशनल अर्गनाइजेसनका दीपा लामाले  ३२ मत प्राप्त गरे

२०७९ सालको निर्वाचनमा तिवारी माओवादी केन्द्रका ललितबहादुर घलानसँग ३१ मतले पराजित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.