धनुषा : धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका सुनिल कापर केवट निर्वाचित भएका छन्।
आइतबार भएको उपनिर्वाचनमा केवटले ६८४ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नेपाली कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत प्राप्त गरे। साथै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले ४९९, नेकपा एमालेका प्रमोद यादवले ३६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५ प्राप्त गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत ल्याए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।