|

काठमाडौँ : काठमाडौँ गुर्खाजविरुद्ध पाँच विकेट लिएका चितवन राइनोजका पाकिस्तानी बलर सोहेल तनवीरले पिच सहज नभए पनि आफ्नो अनुभवका कारण मद्दत मिलेको बताएका छन्।

नेपालको जस्तो पिचमा आफूले खेलिसकेको र झन्डै ४ सयवटा ट्वान्टी–२० क्रिकेट खेलेकाले आफूलाई आज खेल्न गाह्रो नभएको बताए। योजनाअनुरूप खेल्न कहिले कहीँ नहुने भए पनि आज आफू भाग्यशाली रहेको उनको भनाइ छ।

उनले आफ्नो टोली राम्रो रहेको समेत उल्लेख गरे। करिब २० वर्ष आफ्नो खेल करियर रहेको र आफूसँग भएको ज्ञान नेपालका क्रिकेटरलाई शेयर गर्न सदैव तयार रहेको उनले बताए। साथै तनवीरले नेपाली क्रिकेट विस्तारै विकास हुँदै आएको समेत उल्लेख गरे।

पराजित टोली काठमाडौँका कप्तान करण केसीले राम्रो शुरुवात पाए पनि त्यसलाई सदुपयोग गर्न नसकेको बताए। करिब १५०-१६० को लक्ष्य सोचे पनि शुरुमा राम्रो साझेदारी हुन नसक्दा योजना पूरा नभएको करणको भनाइ छ।

विदेशी खेलाडीलाई पिचमा खेल्न गाह्रो हुँदा घरेलु खेलाडीले इनिङ अगाडि बढाउनुपर्ने उनको धारणा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.