काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौँमा बयान सकिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा तीन दिनसम्म चलेको बयानमा लामिछानेले ७४ प्रश्नको जवाफ दिएको कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए। उनका अनुसार, शुक्रवार सुरु भएको बयान आज सकिएको हो।
बयानमा रविले निरन्तररूपमा सहकारीमा आफ्नो संलग्नता नरहेको दावी गर्दै आएका छन्। लामिछानेलाई यसअघि बुटवलको सुप्रिम सहकारीको रकम अपचलनका विषयमा बयान लिन पोखराबाट त्यहाँसमेत लगिएको थियो।
गएको कात्तिक २ गते उनलाई रास्वपाको केन्द्रीय कार्यालय काठमाडौँबाट प्रहरीले पक्राउ गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।