|

काठमाडौं : दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छिन्। दुई हजार ८०५ मत प्राप्त गरी उनी उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी निम लेकी शेर्पाले २ हजार ६०० मत ल्याइन् । नेपाली कांग्रेसकी पासदिकी तामाङले १ हजार ७२७ मत प्राप्त गरिन् ।

२०७९ को स्थाानीय तहको निर्वाचनमा उपाध्यक्ष निर्वाचित नेपाली कांग्रेसका  श्यामसुन्दर तामाङको हृदयाघातका गत वर्ष असार ३१ गते निधन भएको थियो। त्यसपछि रिक्त पदमा गत आइतबार निर्वाचन भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.