|

मोरङ : जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन बेचेर ठगी गर्ने ६ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । 

झापाको तोपगाछी गाउँपालिका–१ का ५२ वर्षीय अशोक तामाङ, अर्जुनधारा नगरपालिका-११ का ५४ वर्षीय प्रविन तामाङ र हल्दीबारी नगरपालिका-३ बाघडाँडाका ६६ वर्षीय रामबहादुर कन्दङ्गवा पक्राउ परेका हुन्। यस्तै कन्काई नगरपालिकाका-९ का ५९ वर्षीय धकलबहादुर थिङ, भारत पश्चिम बङ्गाल दार्जेलिङ जिल्ला नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ, सोही स्थानका ३४ वर्षीय सञ्जय शर्मालाई पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए। प्रहरीका अनुसार उनीहरूले १० जनालाई ठगी गरेका थिए।

उनीहरूको साथबाट नगद दुई लाख ७२ हजार ४३०, भारतीय रुपैयाँ दुई हजार ६३०, सुनजस्तो देखिने बिस्कुट आठ थान, विभिन्न पहेँलो धातुको तिलहरी चार थान र अन्य सुनका गरगहना बरामद भएको छ।

आरोपितहरूलाई प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, मोरङ र सुनसरी प्रहरीको सहयोगमा सुनसरीस्थित इटहरीको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.