|

काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबार यो वर्षकै कम तापक्रम मापन भएको छ। 

बिहान पौने ६ बजे न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। सोमबार बिहान ७ डिग्री सेल्सियस मापन भएको थियो। 

यसैबीच आज कतै पानी तथा हिमपातको सम्भवना छैन। बिहान कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। 

तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागका मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भागमा भने मौसम मूख्यतया सफा रहेको छ। 

दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेपनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.