|

लमजुङ : सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा लमजुङको मर्स्याङ्दी गाउँपालिकाकी कार्यपालिका सदस्य मधुमाया बगाले पक्राउ परेकी छन्। 

जनकल्याण बचत तथा ऋण सहकारीको ११ करोड २० लाख रुपैयाँ हिनामिनामा मुख्य भूमिका बगालेको देखिएको अनुसन्धान प्रतिवेदनले निष्कर्ष निकालेपछि प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो।

नेकपा एमालेबाट वडा सदस्य जितेकी बगाले वडा नम्बर ९ की पार्टी अध्यक्ष समेत हुन्। सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशको पत्रको जाहेरीको आधारमा बगालेलाई पक्राउ गरेर अनुसन्धान थालिएको लमजुङ प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए। 

जनकल्याण बचत तथा ऋण सहकारीको सेवा केन्द्र ङादीको सेवा केन्द्र प्रमुखलाई प्रयोग गरी सहकारीमा नक्कली कर्जा खडा गराई सहकारीको रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ। 

सहकारीका व्यवस्थापक वीरेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेपछि बगालेलाई पक्राउ गरिएको हो। सहकारीको रकम ठगीमा वीरेन्द्रसँग मिलेर तुलमाया तामाङ र अनिशा भण्डारी लगायतको संलग्नता देखिएको छ।

बगालेलाई ६ दिन हिसासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ भने वीरेन्द्रलाई सात दिनको म्याद थप भएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.