|

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा (राति १० बजे देखि बिहान ८ बजेसम्म) उडान बन्द गरेर ट्याक्सी वेसँगै इन्टरनेसनल एप्रोन र ह्याङ्गर एप्रोन विस्तारको काम भइरहेको छ।

ट्याक्सी वे विस्तारको उद्देश्य विमानस्थलमा हुँदै आएको एयर ट्राफिक कन्जेसन २० प्रतिशतले कम गर्नु हो। जसका लागि अहिले रातिदेखि बिहानसम्म धमाधम काम भइरहेको छ।

रात्रिकालिन कामका लागि १०० जना भन्दा बढी जनशक्ति परिचालन भइरहेको नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले बताएको छ। 

अहिले तीनवटा काम एकैपटक भइरहेको छ। दक्षिण पश्चिम तर्फ प्यारलल ट्याक्सी वेको काम भइरहेको छ। पुर्व तिर ह्याङ‌गर डेभलोपमेन्टको काम भइरहेको छ, भने उत्तर दक्षिण तर्फ इन्टरनेसनल एप्रोन र ट्र्याक वेको काम भइरहेको छ।

तस्विरमा हेर्नुहोस् त्रिभुवन विमानस्थलमा भइरहेको काम-

10

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.