|

काठमाडौँ : काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले १६ नम्बर वडाका वडाध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

प्रमुख साहले यही मङ्सिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ बाट निर्वाचित श्रेष्ठलाई आज महानगरपालिकाको कार्यकक्षमा आयोजित कार्यक्रममा शपथ गराएका हुन्।

काठमाडौँको ठमेल, नयाँबजार, बालाजु क्षेत्र समेटिएको उक्त वडाको २१ हजार २५ मतदातामध्ये १० हजार ३७६ मत सदर हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार भएकी श्रेष्ठले दुई हजार ९०२ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएकी हुन्।
 
शपथ ग्रहण कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोल, प्रवक्ता नवीन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहित अधिकारी उपस्थित थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.