|
फाइल तस्वीर

काठमाडौँ : सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आजदेखि चितवनमा सुरु भएको छ। 

आज बिहान जहाजबाट चितवन लगिएका लामिछानेको बयान सुरु गर्नै प्रहरीलाई २ घण्टा समय लागेको थियो। लामिछानेको निर्वाचन क्षेत्र नै चितवन भएकाले हुनसक्ने सम्भावित आन्दोलनबाट जोगाएर सरकारी वकिलको कार्यालयमा पुर्‍याउनै समय लागेको हो।

विमानस्थलबाट कार्यकर्ता र सर्मथकलाई छल्न प्रहरीले केहीबेर जिल्ला प्रहरी कार्यालयमा होल्ड गरेर दुई घण्टापछि सरकारी वकिलको कार्यालयमा लगेको हो।

आज अपराह्न ४ बजेसम्म रविलाई १५ वटा प्रश्न सोधिएको थियो। आज नसकिएकाले भोलि पनि बयान जारी रहने भएको छ। गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर कास्की लगिएका लामिछानेलाई रुपन्देही र काठमाडौँमासमेत फरकफरक सहकारी ठगी प्रकरणमा बयान लिइएको थियो। आजबाट चौथो जिल्लामा बयान लिन लागिएको हो। 

लामिछानेविरुद्ध गत मंसिर ५ गते चितवनमा सहारा चितवन सहकारीको रकम हिनामिना गरेको आरोपमा पूरक जाहेरी दर्ता भएको थियो। सोही प्रहरणमा यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.